बुटवल । रुपन्देहीको बुटवल-१५ मा अवस्थित सिद्धि बिनायक सेकेण्डरी स्कुलले आफ्नो रजत महोत्सव विविध कार्यक्रम गरि मनाएको छ । विद्यालय परिसरमा नवनिर्मित मन्टेश्वरी ब्लकको भवनको शनिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले उद्घाटनसहित रजत महोत्सव कार्यक्रमको उद्घाटन गर्दै शैक्षिक विकासमा निजि विद्यालयहरुको योगदानबारे प्रकाश पारे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासु उपाध्यायले संस्थापकहरुको सोच र योजनालाई निरन्तरता दिदै अघि बढेको बताए । गुणस्तरिय शिक्षाबाट दक्ष जनशक्ति उत्पादनको लक्ष्यमा सफलता हासिल हुने गरि ससाना सुधार र ब्यवस्थापनमा काम गरेको उनले बताए । विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुलाई तालिम अभिमुखिकरणका साथै प्रविधिमैत्री विधि अप्नाएको उनले बताए । पछिल्लो दुई वर्षको अवधिमा धेरै गुणात्मक सुधार भएको छ। उनले भने । रजत महोत्सवको अवसरमा बालबालिकाहरुको प्रतिभा प्रस्फुटन हुने गरि नाटक, नृत्य लगायत प्रस्तुतिसंगै विविध रचनात्मक कार्यक्रम गरिएको बताए ।
विद्यालय परिसरमा विद्यार्थीहरुबाट तयार गरिएको आर्ट कला र विज्ञान सामग्रीहरुको प्रदर्शनी समेत गरिएको उनले बताए । यसैबिच रजत महोत्सवको अवसरमा विद्यालयका पुर्व अध्यक्ष, पुर्व प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन खत्रीले बुटवल नगरभित्रकै तिनाउ नदि पारी विकट क्षेत्रमा रहेर पनि शिक्षाको ज्योति छर्न नीजि क्षेत्रबाट आफुहरुबाट अगुवाई गरेको बताए । विद्यालयबाट धेरै दक्ष नागरिक देशलाई दिन सफल भएको उनले बताए ।
बुटवल वडा नं १५ स्थित मैनापुरमा करीब आठ कट्टा क्षेत्रफल रहेको विद्यालयमा नर्सरीदेखि १० सम्म ६ सय बढि रहेका छन ।
कार्यक्रममा पुर्व प्रधानाध्यापक गंगाराम दंगोरियासहित आठ जना प्रधानाध्यापकहरु, पाच जना पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया