ताजा अपडेट »

नवज्योतिको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ति

आइतबार, ०४ फागुन २०८१, ०८ : ०३
84 Shares
आइतबार, ०४ फागुन २०८१
84 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-८ चारनम्बरमा रहेको नवज्योति इङ्गलिस बोर्डिगँ स्कुलको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ति समारोह सम्पन्न भएको छ । रजत जयन्तिकै  अवसरमा सताब्यापी विविध कार्यक्रम गरेको विद्यालयले शनिबार मूल समारोहको आयोजना गरेको थियो । 

मुल समारोहमा बोल्ने बक्ताहरुले जीवन उपयोगी, सर्वसुलभ तथा प्रविधिमैत्री शिक्षामा जोड दिए । लुम्बिनी प्रदेश सभामुख तुलबहादुर घर्ती मगरले नवज्योति तिलोत्तमाको मात्र नभई लुम्बिनी प्रदेशकै गौरव बोकेको विद्यालय भएको बताए । विद्यालयका अध्यक्ष जेपी कडेलले अध्यक्षको प्रतिबेदन पेश गर्दै उच्च कोटीको शिक्षा प्रदान गर्न विद्यालयले नयाँ र परिणाममुखी अभ्यासहरु गरिरहेको जनाए । विद्यालयका प्रधानाध्यापक टोप बहादुर केसीले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा पुर्व शिक्षक, कर्मचारी, पदाधिकारीसँगै साताब्यापी खेलकुदमा उत्कृष्ट भएका विभिन्न विद्यालय तथा विद्यार्थी र टीम, विद्यालयबाट उच्च अँक ल्याउने विद्यार्थीहरु, समाजसेवी, जनप्रतिनिधी लगायतलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, राजनीतिक विश्लेषक मुमाराम खनाल, विभिन्न विद्यालयका प्रतिनिधि तथा शैक्षिक ब्यक्तित्वहरु सहभागी रहेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।