बुटवल । वी.पी. कोइराला अध्ययन प्रतिस्ठान बुटवलद्वारा आयोजित नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा समाजवाद वी.पी., समाजवाद विषयमा शनिवार भएको प्रतियोगितामा मणिमुकुन्द सेकेन्डरी स्कुलकी सृष्टि कँडेल प्रथम भइन् ।
उनले नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गरेको विपि कोइराला अध्ययन प्रतिस्ठानका सचिव खिमानन्द भट्टराईले बताए । यस्तै ज्ञानपुञ्ज इङलिश बोर्डिङ स्कुलका चिरन भुसाल द्धित्तीय, एभरेष्ट माविकी निहारिका ज्ञावली तृतीय, नविन औद्योगिक कदर बहादुर रिता माविका गोेविन्द भण्डारी र इडन इङलिश बोर्डिङ स्कुलकी क्रिष्टा अर्याल सान्तवना भएको सचिव भट्राईले बताए ।
उनीहरुले क्रमशः ८ हजार, ५ हजार र २ हजार ५०० सहित प्रमाणपत्र प्राप्त गरे । वक्तृत्वकला प्रतियोगितामा बोल्दे तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउनु पर्ने बताए । मासिक सफल हुनका लागि हरेक कुरामा ज्ञान आवश्यक रहेकाले यस्ता प्रतियोगिताले विद्यार्थीलाई अघि बढ्न सहयोग पुग्ने बताए ।
सोही कार्यक्रममा बोल्दै विपि कोइराला अध्ययन प्रतिस्ठानका अध्यक्ष युवराज गिरी विद्यार्थीहरुको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । अहिलेका विद्यार्थीले नै भविष्यमा देश हाक्ने भएकाले सानैदेखि सक्षम बनाउँदै ल्यौजानु पर्ने बताए ।
प्रतियोगिताको निर्णायकको रुपमा डा.शालिकराम पौड्याल, डा. प्रेम तिवारी र रीता ढकाल रहेका थिए । उक्त वक्तृत्वकला प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका गरी १६ जनाले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया