बुटवल । नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित लुम्बिनी प्रादेशिक अस्पतालको अबलोकन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विकास निर्माणमा युवा पुस्ताको संलग्नतालाई बढावा दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा प्रदेशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीका प्रदेश अध्यक्ष जिवन पाण्डे, केन्द्रीय कार्यसमिति का।सचिव साथै प्रदेश इन्चार्ज बिपिन नेपाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय मनिष भुसाल लगायतका पदाधिकारी तथा समाजसेवीहरूको विशेष सहभागिता रह्यो।
समृद्धि र स्वास्थ्यको लागि युवा सहभागिता अनिवार्य केन्द्रीय कार्यसमिति कार्यवाहक सचिव साथै प्रदेश इन्चार्ज बिपिन नेपालले आफ्नो सम्बोधनमा युवाहरूको भूमिकालाई विशेष रूपमा जोड दिए। उनले भने, “समृद्ध नेपाल निर्माणको सपना युवाहरूले मात्र पूरा गर्न सक्छन्। विकास निर्माणमा हामी सबैको सहभागिता अनिवार्य छ। लुम्बिनी प्रादेशिक अस्पतालको सफल निर्माणले सम्पूर्ण प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनेछ, जसका लागि अवलोकन पछि हामी सबै प्रतिबद्ध छौं ।
प्रदेश अध्यक्ष जिवन पाण्डे ले भने, “युवाहरूको सक्रिय संलग्नता बिना कुनै पनि दीर्घकालीन विकास सम्भव छैन। अस्पतालको निर्माण कार्यलाई तीव्रता दिनका लागि हाम्रो टिम हरदम तयार छ।”
स्थानीय समुदायको अपेक्षा र नमस्ते नेपालको प्रतिबद्धता केन्द्रीय मनिष भुसालले कार्यक्रमका लुम्बिनी प्रादेशिक अस्पताल को निर्माण कार्यले समग्र प्रदेशलाई ठूलो फाइदा पुर्याउने बताउँदै अस्पतालको शीघ्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए। स्थानीय समुदायले यो अस्पताललाई लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाको मेरुदण्ड बनाउनुपर्ने अपेक्षा राखेको बताए।
नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीले यस क्षेत्रका अन्य विकास योजनाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाका पदाधिकारीहरूले युवाहरूलाई यस्ता योजनाहरूमा संलग्न हुन आह्वान गर्दै समाजसेवा र राष्ट्रनिर्माणमा महत्वपूर्ण भूमिका खेल्न अनुरोध गरेका छन्।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, र यसले अस्पताल निर्माणलाई थप गति दिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्
प्रतिक्रिया