ताजा अपडेट »

दोस्रो नगर स्तरीय (बि लेवल) मेन्स तथा भेटान्स डवल ब्याडमिन्टन सुरु

शनिबार, ०३ फागुन २०८१, १८ : ५७
32 Shares
शनिबार, ०३ फागुन २०८१
32 Shares

बुटवल । रिवरसाईड ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो नगर स्तरीय (बि लेवल) मेन्स तथा भेटान्स डवल ब्याडमिन्टन प्रतियोगिता २०८१  सुरू भएको छ । 

स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने उद्धेश्यसहित बुटबल उपमहानगरपालीका १२  मिलनपार्कको कवड हलमा सन्चालित प्रतियोगितामा ४९ टिमको सहभागि रहेका छन् । कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्मा खेलकुद प्रतियोगिताले युवाहरूलाई  भाईचारा र विकास निमार्णमा जोडने बताए ।

पछिल्लो समय ब्याडमिन्टन खेलले देश विदेशमा र्चचा पाउने गरेको भन्दै  वडा अध्यक्ष शर्माले भने बुटवल नगरले  होस वा वडाले हरेक खेलकुदको विकास र्गन सहयोग गर्दै आएको बताए । बुटबल उपमहानगरपालिका बडा नम्बर १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले खेलकुद क्षेत्रमा लागेका युवाहरू अनुशासित र लगनशिल हुने बताए । 

रिवरसाईड ब्याडमिन्टन क्लबका अध्यक्ष नाराण सुवेदीले स्थानीय सरकार र खेलप्रेमीहरूको सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए । खेलकुद प्रतियोगिताहरूले आम मानिसहरूलाई स्वास्थ्य रहन सहयोग पुग्ने उनको भनाई छ । प्रतियोगितामा बिजेता मिल्नेमेन्स डवल तर्फ प्रथम  हुनेले ३० हजार कप मेडल प्रमाण पत्र पाउने छन् भने दोस्रो  हुनेले २० हजार कप मेडल प्रमाण पत्र  पाउने छन ।

यस्तै तेस्रो हुनेले १० हजार कप मेडल प्रमाण पत्र पाउने छन् । भेटान्स डबल  तर्फ प्रथम हुनेले २० हजार कप मेडल प्रमाण पत्र  पाउने छन् भने दोस्रो हुनेले १२ हजार कप मेडल प्रमाणपत्र तेस्रो हुनेले ८ हजार कप मेडल प्रमाणपत्र पाउने आयोजक रिवरसाईड ब्याडमिन्टन क्लबका पुव अध्यक्ष गोपाल पान्डेय बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।