ताजा अपडेट »

अर्थमन्त्री र पोखराका मेयरको अनुहारमा कति प्रतिशत जलन ? यस्तो छ अस्पतालको अपडेट

शनिबार, ०३ फागुन २०८१, १८ : १०
94 Shares
शनिबार, ०३ फागुन २०८१
94 Shares

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार जारी छ ।

पोखरामा घटनालगत्तै मन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको अस्पतालका निर्देशक डा। किरणकिशोर नकर्मीले बताएका छन् ।

प्रारम्भिक मूल्यांकनअनुसार ५-६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना भएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।