ताजा अपडेट »

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्केर अर्थमन्त्री पौडेल घाइते

शनिबार, ०३ फागुन २०८१, १४ : १७
338 Shares
शनिबार, ०३ फागुन २०८१
338 Shares

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र  पोखरा महानगरपालिका मेयर  धनराज आचार्य घाइते भएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा  स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।

अर्थमन्त्री  पाैडेलले एआई  जडित पानसमा बत्ति बालेर  पाेखरा भ्रमण वर्ष २०२० लेखेकाे ब्यानर सार्वजनिक गर्ने क्रममा दुर्घटना भएकाे हाे ।  ब्यानर दुबै  साइट बेलुन झुण्डाइएकाे थियाे । तर, उक्त बेलुन आगाेमा परेपछि  पड्किएकाे हाे ।

अर्थमन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको उनको सचिवालयले जनाएको छ । उनी आजै काठमाडौं जाने कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।