काठमाडौंको टुँडिखेलको चारै दिशा एवम विभिन्न स्थानमा रहेका राणाकालिन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् ।
कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालिन समयलाई सम्झने एउटा माध्यम हुन् । तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् ।
प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीरशमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।
प्रतिक्रिया