ताजा अपडेट »

यस्ताे छ चलचित्र 'लाज शरणम'मा बालेनले गाएकाे अहिलेकाे ट्रेन्डिङ गीत (भिडियाे)

शनिबार, ०३ फागुन २०८१, ०८ : १३
150 Shares
शनिबार, ०३ फागुन २०८१
150 Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को स्वर रहेको ‘नेपाल हाँसेको’ बोलको गीत युट्युब ट्रेन्डिङमा छ। फिल्म ‘लाज शरणम्’मा समावेश यो गीत सोमबार सार्वजनिक भएको हो। सार्वजनिक भएकाे ४ दिनमा यस गीतलाइ २७लाख बढिले हेरेका छन भने गीतमा २० हजार ७ सय भन्दा बढिले प्रतिकृया जनाएका छन ।  

बालेन यूट्युब च्यानलबाट  सार्वजनिक भएको याे गीत  केही घण्टामै ट्रेन्डिङमा उक्लिएको थियो। गीत २४ घण्टा नपुग्दै म्युजिकतर्फको ट्रेन्डिङको शीर्षस्थानमा पुग्यो। नेपाल मात्र नभएर अरू पनि देशको ट्रेन्डिङमा पनि यही गीत छ।

र्‍यापरसमेत रहेका बालेनको स्वर, संगीत र शब्दमा गीत तयार पारिएको छ। यस गीतले नेपालको राजनीतिक र सामाजिक अवस्थालाई प्रस्तुत गरेको छ। मेयर भएपछि बालेनको यो पहिलो गीत हो। यद्यपि, उनले १० वर्षअघि नै यस गीतको अडिओ भने ल्याइसकेका थिए।

‘लाज शरणम्’ चर्चित हास्य टेलिशृंखला ‘सक्किगो नि’ टिमले बनाएको फिल्म हो।



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।