ताजा अपडेट »

रुपन्देही प्रहरीद्वारा  एक महिनामा १६१ जना प्रतिवादी पक्राउ

शनिबार, ०३ फागुन २०८१, ०० : ३४
80 Shares
शनिबार, ०३ फागुन २०८१
80 Shares

भैरहवा । रुपन्देही जिल्ला अदालतले कैद र जरिवाना ताेकेको तर उक्त फैसला अनुसार सजाय र कैद भुक्तान नगरी फरार रहेका १६१ जना अभियूक्तलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले माघ महिनामा भित्र पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पुस महिनामा ८४ जना र माघ महिनामा १६१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले बताएका छन। 

बिहीबार भैरहवामा आयोजना गरिएको मासिक पत्रकार भेटघाट कार्यक्रममा एसपी राठौरले फैसलापछिको अवधिको आधारमा माघ महिनामा २० वर्षपछि १३ जना, १५ वर्षपछि ४६ जना, १० वर्षपछि ४८ जना, ५ वर्षपछि ३४ जना र ५ वर्षभन्दा कमको अवधिका २० जना गरी १६१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको जानकारी गराए । उनले माघ महिनामा २४ वर्ष ५ महिना ५ दिन कैद र ३२ लाख ३२ हजार २ सय ९१ रुपैया जरिवाना समेत असुल उपर गरिएको बताए । 

रुपन्देहीमा करिब २ हजार ८ सयजना फरार प्रतिवादीहरु रहेको रुपन्देही जिल्ला अदालतको तथ्यांकले देखाउछ । ‘यसमध्ये कतिपयलाई त आफूले पाएको सजायबारे जानकारी समेत छैन भने कतिपयले जानी जानी पनि लापरवाही पनि गरेका छन् । यस्ता व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेपछि मात्र कैद तथा जरिवाना भुक्तान हुने गरेको  एसपी राठौरले बताए।

 जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा यस मातहतका निकायबाट गरेर माघ महिनामा १३ वटा चोरीका मोटरसाइकलसहित १३ जनालाई  रूपन्पदेही प्रहरीले  पक्राउ गरेको छ भने  त्यस्तै लागूऔषधसहित दुईजनालाई  पक्राउ गरेको छ । त्यस्तै अवैध कल बाईपासमा संलग्न रहेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ घर भइ हाल सिद्धार्थनगर नगरपालिका–३ मा  बस्दै आएका रोहित अहिरलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

माघ महिनामा रुपन्देही प्रहरीले ८० लाख ५४ हजार ४ सय ५६ रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न अवैध सामानहरु बरामद गरी भैरहवा भन्सार कार्यालय पठाएको छभने माघमा मात्रै १३० वटा विभिन्न मुद्दाहरु दर्ता भएको छ जसमा ५० वटा फछर्यौट भइसकेका छ न।

माघ महिनामा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहत रहेका युनिट गरी संयुक्त रुपमा ३ हजार १ सय ५७ वटा सवारीसाधनमाथि कारवाही गरेकाे  छ । जसबाट ३७ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।