मोरङ । विराटनगरमा रहेको एक शोरुमबाट कार चोरी गरी भाग्ने क्रममा गाडीको तेल सकिएपछि एक युवा पक्राउ परेका छन् । कारको ढोका फुटाएर चोरिएको कार सुनसरीको छिटाहाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
शोरुमको ढोका फोडेर गाडी चोरेर भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगरको एयरपोर्ट मोडको पूजा इन्टरनेट प्रालिको कार राति करिब २ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ। चाबी घर्रामा राखिएको अवस्थामा त्यही चाबी लिएर चोरले गाडी लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए।
चोरी भएको गाडी तेल सकिएर रोकेर राखिएको अवस्थामा नेपाल भारत सीमा क्षेत्र सुनसरीको छिटाहाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न विराटनगर(४ का एक युवा रहेको उनले जानकारी दिए। चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ । चोरी भएको कारको मूल्य ८० लाख पर्छ ।
प्रतिक्रिया