ताजा अपडेट »

सुधारकेन्द्रमा कुटपिटबाट युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ

शुक्रबार, ०२ फागुन २०८१, १५ : १४
438 Shares
शुक्रबार, ०२ फागुन २०८१
438 Shares

बारा । बाराको नवजन्म सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। सुधार केन्द्रभित्र विवादले उग्ररुप लिएको थियो। विवाद बढ्दै गएपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराकाले जानकारी दिएको छ ।

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्। 

उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका महतोलाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा लगेका थिए। 
त्यसपछि प्रादेशिक अस्पताल लगेका थिए। तर अस्पतालले २र३ घण्टा पहिले नै मृत्यु भइसकेको बताएका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।