ताजा अपडेट »

नेसपा (नयाँ शक्ति) को केन्द्रिय सदस्यमा नारायण खनाल निर्वाचित

शुक्रबार, ०२ फागुन २०८१, १५ : ०१
86 Shares
शुक्रबार, ०२ फागुन २०८१
86 Shares

बुटवल । नेसपा (नयाँ शक्ति) मा कपिलबस्तुका नारायण खनाल निर्वाचित भएका छन् । खनाल खुला  केन्द्रिय सदस्यमा ३१० मत ल्याएर निर्वाचित भएका हुन् ।

 नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को काठ्माण्डौँमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीले ९९ सदस्यीय नयाँ केन्द्रिय समितिको नेतृत्व चयन गरेको छ । नेसपा (नयाँ शक्ति) को पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराईले ७ सय ६१ मत सहित निर्वाचित भए ।

अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गरे भने उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भए । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।