बुटवल । बुटवलबाट हराएकी पाल्पा तिनाउ २, बडहरेकी देवकली सोमै (गाहा) मगर भेटिएकी छिन् । मगर यही फागुन १ गते विहिवार दिउँसोदेखि उपचारको क्रममा बुटवल चाँदबारी नजिकै रहेको एक फार्मेसीबाट हराएकी थिइन्।
छोरी जमुनाका अनुसार उनी बुटवलको कालिका खानेपानी ट्याङकी नजिकबाट भेटिएकी हुन् । उनी करिव तीन वर्षदेखि मानसिक समस्याले ग्रसित थिइन् ।उनकी छोरी जमुनाका अनुसार आमा देवकलीले ओैषधी खाईरहन्थिन् ।
तर पछि धार्मिक गतिविधिमा सरिक भई दौडधूपमा रहँदा निरन्तरता दिन नसकी रोग बल्झिएको उनको भनाई छ
प्रतिक्रिया