बुटवल । बुटवल १० मा रहेको कालिका मानवज्ञान माविले कक्षा ११ र १२ को दोस्रो अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाको छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयमा शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञावली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे र परीक्षा संयोजक युवराज कंडेल ले पुरस्कार प्रदान गरे ।
दोस्रो अर्धबार्षिक परिक्षामा संकायगत रुपमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरस्कार समेत प्रदान गरिएको छ ।
विज्ञान, कानुन, ब्यवस्थापन , शिक्षा, मानविकी र प्राविधिक धारका कक्षा ११ र १२ मा प्रथम द्वितीय र तृतीय लाई पुरस्कृत गरिएको हो । जसमा ३७ जना विद्यार्थी रहेका छन् ।उनिहरुले पुरस्कार बापत ३ महिनाको विद्यालय छात्रवृत्ति प्राप्ति गरेका हुन ।
कार्यक्रम मा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले सबैको प्रयासबाट विद्यालय देशमै नमुना बन्न सफल भएको धारणा राखे । अध्यक्ष ज्ञवालीले नतिजा सुधारको लागि सबै शिक्षक, विद्यार्थी , अभिभावक सबैको साझ प्रयासबाट मात्रै सफल हुने भन्दै सोहि अनुसार संयोजन गर्नुको लागि आग्रह गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थी , शिक्षक, अभिभावक को अथक प्रयासबाट नतिजा सुधार भएको भन्दै विद्यार्थी लाई अझ मिहिनेत गर्न आग्रह गरे ।
प्रधानाध्यापक थापाले नतिजा कमजोर भएका विद्यार्थी लाई अझ मिहिनेतका साथ अध्ययन अगाडि बढाउन आग्रह गर्दै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी लाई बधाई तथा शुभकामना दिएका थिए ।
प्रतिक्रिया