बुटवल । पाल्पा तिनाउ २,बडहरेकी देवकली सोमै (गाहा) मगर फागुन १ गते विहिवार दिउँसोदेखि उपचारको क्रममा बुटवल चाँदबारी नजिकै रहेको एक फार्मेसीबाट हराएकी छिन् ।
करिव तीन वर्षदेखि मानसिक समस्याले ग्रसित उनी उपचारको क्रममा हराएकी हुन् । उनकी छोरी जमुनाका अनुसार आमा देवकलीले ओैषधी खाईरहन्थिन् । तर पछि धार्मिक गतिविधिमा सरिक भई दौडधूपमा रहँदा निरन्तरता दिन नसकी रोग बल्झिएको उनको भनाई छ ।
विरामीलाई क्लिनिकमा राखी आफू पिसाव गरी फर्कि आउँदा विरामी विपत्ता भएको उपचार गर्न आएका जमुनाका भेना प्रदीप थापाले बताए ।
होचो कदकी ५६ वर्षिया देवकली हराएको खबर सम्बन्धित सुरक्षा निकायमा जाहेरी दिएपनि हालसम्म कहिंकतै नभेटिएको छोरी जमुनाले बताएकी छिन् । साथै जमुनाले आफ्नी आमाको खोजबिन गरिदिनु हुन सबैसँग अपील गरेकी छिन् ।
प्रतिक्रिया