ताजा अपडेट »

अमेरिकाका विभिन्न ठाउँमा विद्यार्थीका लागि सहयोग अभियान

‘नियममा बाधिएर बस्नुनै बुद्धिमता’

शुक्रबार, ०२ फागुन २०८१, ०७ : ३३
164 Shares
शुक्रबार, ०२ फागुन २०८१
164 Shares

अमेरिका । राष्ट्रपति डोनाल्ड जे ट्रम्पको अवैध रुपमा अमेरिकामा बस्दैं आएकाहरुलाई देश निस्कासन गर्ने कार्यकारी आदेश र  अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसिई)का अधिकारीहरुको सक्रियतासँगै संसकित बनेका अमेरिकामा अन्तराष्ट्रिय विद्यार्थीको रुपमा रहेका नेपाली विद्यार्थीहरुको सहयोगका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले सक्रियता बढाएका छन् । 

डर र त्रासका कारण विद्यार्थीहरु काममा जान छाडेका छन् भने गरिरहेको कामबाट पनि उनीहरुलाई काममा नआउन व्यवसायीहरुले भन्न थालेका छन् । यो संख्या यहाँ बढ्दो क्रममा छ । पछिल्लो पटक काम गर्दै गरेको अवस्थामा विद्यार्थी पक्राउ परेको र अमेरिकाबाट निस्कासित गरिएको समाचारसँगै विद्यार्थीहरु आतंकित भएका छन् । 

अमेरिकाको कानुन अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी (एफ वन स्टाटस)हरुले युनिभर्सिटी वा कलेज भित्र पढाई भैरहँदा हप्ताको २० घण्टा र विदाको समयमा हप्ताको ४० घण्टा मात्र काम गर्न पाउँछन् । कानुनले तोकेको घण्टा मात्र काम गर्दा खर्च धान्न असंभव जस्तै भएपछि विद्यार्थीहरुले कानुन विपरित विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा काम गर्ने गरेका हुन्छन् । तर अहिले आईसिईको बढ्दो सक्रियताले अन्तराष्ट्रिय विद्यार्थीहरु काम गर्नका लागि असहजता महशुष गरेका छन् । 

यो अवस्थासँगै अमेरिकाको विभिन्न राज्य र शहरहरुमा रहेका नेपाली सम्बद्व संघ संस्था र व्यक्तिहरुले विद्यार्थीका लागि सहयोगी हात अघि बढाएका छन् । अमेरिकामा सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको राज्य भित्र पर्ने टेक्ससमा नेपाली अन्तराष्ट्रिय विद्यार्थीको संख्या पनि ठूलो रहेको छ । टेक्ससको डलास/फार्ट वर्थ क्षेत्र वरपर ठूलो संख्यामा नेपाली विद्यार्थीहरु बस्दैं आएका छन् । उनीहरुका लागि आवश्यक खाद्यान्नको जोहो मिलाउन यहाँ सक्रिय संघ संस्थाहरुले संयुक्त रुपमा फुड ड्राईभ सुरु गरेका छन् । विद्यार्थीहरुका लागि आवश्यक खानाको प्रबन्ध मिलाउन सुरु गरिएको फुड ड्राईभमा मनकारीहरुबाट यथेष्ट सहयोग मिलिरहेको नेपाली समाज टेक्ससका महासचिव विजय भूषालले बताए । 

एकातर्फ खाद्यान्न आवश्यक पर्ने विद्यार्थीहरुको तथ्यांक पनि लिईरहेका छौं भने अर्कोतर्फ मनकारीहरुबाट सहयोग पनि उठाईरहेका छौं ।’-महासचिव भूषालले भने, डलास रफोर्ट वर्थ क्षेत्रमा रहेका विद्यार्थीहरुलाइ कम्तिमा २ महिनाको अत्यावश्यक खाद्यान्न व्यवस्था गर्नका लागि लागिरहेका छौं, साधन नभएका विद्यार्थीहरुलाई उनीहरुकै ठेगानामा पुगेर खाद्यान्न उपलब्ध गराउनेछौं ।’

उता, अमेरिकाको राजधानी वासिङ्टन डि।सी। नजिक रहेको बाल्टिमोर एशोसिएशन अफ नेपलिज ईन अमेरिकाले पनि नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरुको लागि सहयोग सुरु गरेको छ । वानाका महासचिव सागर घिमिरेले खाद्यान्न अभाव भएका विद्यार्थीहरुलाई संस्थाले छुट्टाएको कोषवाट सहयोग गरिने र थप सहयोग आवश्यक परे मनकारीहरुवाट सहयोग संकलन गरिने जानकारी दिए । 

यता, टेक्ससको फोटवर्थमा बस्दैं आएका व्यवसायी अमर फाउण्डेशनका संचालक अमर क्षेत्रीले नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेका छन् । उनले टेक्ससको अर्भिङमा एक कार्यक्रम गर्दै अप्ठ्यारो अवस्थामा रहेका चालिस जना  विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेका हुन् ।  ‘हामी सबैले विद्यार्थीहरुलाई यस्तो बेला केही गरौं भनेर मैले सहयोग गरेको हुँ ।’ २०१५ देखि अमेरिका बस्दैं आएका क्षेत्रीले भने– जे सकिन्छ सहयोग गर्न म सबैसँग आग्रह पनि गर्दछु ।’ 

अहिले विद्यार्थीहरुमाझ सहयोगसँगै आवश्यक कानुनी सूचनाको सम्प्रेषणमा पनि संघ संस्थाहरुलाई सहयोग गर्न गैर आवासीय नेपाली संघ, अमेरिकाका पूर्व युवा संयोजक त्रिभुवन पाण्डे आग्रह गर्छन् । खाना र बस्नको लागि त सहयोगको आवश्यकता पर्छनैं । एनआरएनए अमेरिकाको स्टुडेण्ट विभागका पूर्व संयोजक समेत रहेका पाण्डेले भने त्यो सँगैं अहिले कानुनी सचेतना, विद्यार्थीहरुको मनोभावनालाई समेत असर नगर्ने खालका गतिविधि पनि उत्तिकैं जरुरी छ । नत्र भोलिका दिनमा डिप्रेसन जस्ता अरु समस्या आउनेछ । 
  
अहिलेको अवस्थामा विद्यार्थीहरुलाई जोगिएर बस्न आग्रह गर्दै नेपाली समुदायका अगुवाहरुले जति सक्दो कम खर्चमा बसोबासको प्रबन्ध गर्न आग्रह गरेका छन् । ‘अहिले नियममा बाधिने बेला हो । कानुनमै भएको कुरा भैरहेको छ, निमयमा बस्नुनैं विद्यार्थीहरुका बुद्दिमता हो ।’ पूर्व जिल्ला अधिकारी समेत रहेका अध्यापक डा. भोज बहादुर बलायरले भने–अहिले यो अवस्था आउँदा हामी चिन्तित हुनु स्वभाविकनै हो, तर यो विषयप्रति हामी पहिलानैं गम्भिर हुनुपर्ने थियो । 

अमेरिकामा आफ्ना बालबालिकाहरुलाई पठाउनु अघि पनि सबैं बस्दोबस्त मिलाउन समेत डा। बलायरले सुझाव दिए । ‘सकेसम्म अन्डर ग्राजुयट भन्दा मास्टर गर्न आफ्ना बालबालिकालाई अमेरिका पठाउनुहोस्, आएको दिनदेखिनैं काममा भन्दा पढाई नैं सक्नका लागि वातावरण मिलाईदिनुहोस्, राम्ररी एक वर्ष पढे, राम्रो अंक आयो भने स्कलरसिप पाउँछन्, बाँकी वर्ष सजिलो हुन्छ, अझ मास्टर डिग्रिमा आउँदा त स्कलरसिप नै बढी हुन्छ, पढ्न सजिलो हुन्छ । अमेरिकाको युनिभर्सिटी अफ नर्थ टेक्ससवाट विद्यावारिधी गर्नुभएका बलायरले थपे -एक छिन कमाउने कुराले भन्दा छिटो गरी अध्ययन सक्ने कुराले अर्थ राख्दछ, अध्ययन गर्न खर्च कम लाग्ने कम्युनिटी कलेजहरुमा ट्रान्सफर गर्ने, एकेडेमिक कामहरु खोज्ने, जतिसक्दो छिटो पढाई सकेर विद्यार्थीहरुले आफ्नो व्यवस्था मिलाउनुपर्दछ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन ९आईएस० अन्तर्गतको विद्यार्थी तथा विनिमय आगन्तुक सूचना प्रणाली (सेभिज) को जनवरी २०२५ को तथ्यांकअनुसार अमेरिकामा अध्ययनरत् नेपाली विद्यार्थीहरूको संख्या १६ हजार ९३३ पुगेको छ । यी विद्यार्थीहरूमध्ये १० हजार ४३० पुरुष र ६ हजार ५०३ महिला रहेका छन् । यो संख्या जनवरी २०२४ को तुलनामा घटेको छ, जुन समय २० हजार १५३ थियो, जुन पछि मार्च २०२४ मा २३ हजार ४३५ मा वृद्धि भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।