बुटवल । बुटवलमा तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता-२०८१ हुने भएको छ । दुईवटा संस्करण सफलतापुर्वक सम्पन्न गराएको शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीले प्रतियोगितालाई निरन्तरता दिँदै यही फागुन १७ गते शनिबार सो कार्यक्रम आयोजना गर्न लागेको हो।
अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्य प्रतियोगिताको रहेको बताए । यसै उद्देश्यले यस पटक प्रतियोगिता समेत ऐतिहासिक जितगढी किल्ला परिसरमा नै गर्न थालिएको श्रेष्ठले खुलाए ।
जिल्ला संघका सल्लाहकार तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठले आउँदै गरेको राष्ट्रिय प्रतियोगितालाई मध्ये नजर गर्दै यस क्षेत्रका खेलाडीहरु लाई पूर्व तयारी स्वरुप रुपन्देही जिल्ला र प्रदेश संघको कार्य योजना अनुसार प्रतियोगिता गर्न लागेको बताए ।
मोफसलमा शारीरिक सुगठन खेल प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको बताउदै खेलमा नव उदयीमान खेलाडीहरुको प्रवेश गराउँदै उनिहरु जिल्ला, प्रदेश हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट उत्पादन गर्न जिल्ला र प्रदेश संघ लागि परेको बताए ।
प्रतियोगिता ५ वटा वजन समूहमा हुने संघका सचिव आशिष श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए ।
यसपटक रुपन्देही जिल्लामा ४० वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १० जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए ।
प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५१ हजार,मेडल र प्रमाण पत्र पाउनेको व्यवस्था रहेको संघका कोषाध्यक्ष उत्तम गुरुङले बताए ।
बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने संघका उपाध्यक्ष मनोज अग्रवालले बताए ।
प्रथम मिष्ट्रर उजिरसिंह संस्करण सुनिल आले र दोश्रो स्यामुल गुरुङले जितेका थिए।
प्रतिक्रिया