बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् ।
कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हसियाँ प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझुण्डीले जानकारी दियो ।
गयराति करिब १ बजेको समयमा आमाको उनका कान्छा छोरा सरोजले आँखा र हातमा हसियाँ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझुण्डिले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनी पहिलैदेखि मासिक रुपमा ठिक थिएन् ।
घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए । मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।
प्रतिक्रिया