काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ कार्यसमिति चयनका लागि जारी मतगणनामा अध्यक्षका उम्मेदवार डा। बाबुराम भट्टराई अत्यधिक मतले अगाडि रहेका छन् ।
दिउँसो ३ बजेसम्म चार सय मत गणना हुँदा भट्टराईले ३७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्रप्रसाद चापाईंले जम्मा २३ मत पाएका छन् । नयाँ नेतृत्वका लागि २९ गते मतदान भएको थियो ।
अहिलेसम्म केन्द्रीय सदस्यहरूको मतगणना सम्पन्न भएको छ । पदाधिकारीको मतगणना एक करिब घण्टामा सकिने निर्वाचन समितिले जनाएको छ । करिब ८ सय मत खसेको अनुमान गरिएको छ ।
पदाधिकारी सबैको मतगणना सम्पन्न भएपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भएको समितिले जनाएको छ ।
प्रतिक्रिया