काठमाडौं । बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।
नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो ।
बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले सरसफाइइसँगै मर्मत सुरु गरेको हो ।
प्रतिक्रिया