ताजा अपडेट »

‘बाल विवाह सामाजिक समस्या’

विहीबार, ०१ फागुन २०८१, १३ : ४४
18 Shares
विहीबार, ०१ फागुन २०८१
18 Shares

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बाल विवाहलाई रोक्न सामूहिक सहकार्यको आवश्यकता औल्याए । 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानुनी प्रवन्ध गरी अगाडि बढेको जानकारी दिए । उनले प्रदेशमा बाल विवाह निषेधसमेत गरिकामा कतिपय दुर्गमस्थान एवं पहाडी परेका वर्गमा यो समस्या विद्यमानरुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याए ।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा गंगाधर अधिकारीलगायतले अन्य छ प्रदेशमा बाल विवाह विरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।