ताजा अपडेट »

हिउँ नहेरी फर्कन्छ्न् शैलुङ जाने पर्यटक (फोटोफिचर)

विहीबार, ०१ फागुन २०८१, ११ : ०७
32 Shares
विहीबार, ०१ फागुन २०८१
32 Shares

प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ।

यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ। साथै ७० प्रतिशत हिमालहरु यहाँबाट देखिन्छन् । तर अहिले पछिल्लो समय हिमालहरुमा हिउँहरु छैन।

समयमा हिमपात नहुँदा सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्। सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका छन् ।

गौरीशङ्कर हिमालमा पनि हिउँ नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ ।

Photo (14) (3)Photo (13) (5)Photo (12) (5)Photo (1) (17)

Photo (18) (4)Photo (17) (2)Photo (16) (4)

Photo (21) (1)Photo (20) (5)Photo (19) (3)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।