ताजा अपडेट »

‘नगर गान’ तयार गर्दै बर्दघाट नगरपालिका

विहीबार, ०१ फागुन २०८१, ०७ : ३८
26 Shares
विहीबार, ०१ फागुन २०८१
26 Shares

नवलपरासी। पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै नगर गान बनाउने काम सुरु गरेको छ । आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

उनले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताउनुभयो । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ ।

प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल तथा दुईजना सङ्गीतकार सदस्यका रूपमा रहेका छन । संयोजक न्यौपानेका अनुसार नगर गानका लागि प्रज्ञा प्रतिष्ठानले काम अगाडि बढाएको छ ।

प्रतिष्ठानले विद्यार्थी, शिक्षक–शिक्षिका तथा अन्य सर्जकहरूलाई नगर गान निर्माणका लागि आह्वान गर्ने र उत्कृष्ट नगर गानलाई सिफारिस गर्ने न्यौपानेले बताए । पश्चिम नवलपरासीमा रहेका सातवटा स्थानीय तहमध्ये यहाँ हालसम्म कुनैले पनि आफ्नै पालिका गान तयार गरेको छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।