बुटवल । लोक तथा दोहारी गायिका सकुन्तला गैरेले नौजाले रुमाल बोलको गित सार्वजनिक गरेकी छन् । पाल्पाली गायिका गैरेले आफ्नै यूट्यूव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । गैरेको शब्द संगीत तथा स्वर रहेको गीतमा नन्दु परियारले साथ दिएका छन् । भिडियोमा अन्जली अधिकारी, सागर पाठक र सन्धया सुनारले अभिनय गरेका छन् । विष्णु भट्टराईको निर्देशनमा बनेको म्यूजिक भिडियोको सम्पादन समेत उनैले गरेका हुन् । गायिका गैरैले यसअघि पनि दर्जनौं गितहरु गाइसकेकी छन् । मायापिरतीको कथामा आधारित रहेर निकालिएको नौजाले रुमालमा लुम्बिनीका परिवेशलाई उतारिएको छ ।
प्रतिक्रिया