बुटवल । नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामि चैत ९ गते हुने अधिवेशनको तयारी तिव्र पारिएको छ । जिल्ला अधिवेशनको तयारी स्वरुप मूल व्यवस्थापन समितिको बुधबार बुटवलमा बसेको बैठकले प्रतिनिधि छनौटका लागि चैत २ गते गर्ने निर्णय गरेको छ ।
संघीय निर्वाचन क्षेत्रका ५ वटा क्षेत्रलाई आधार बनाएर एकैचोटी २ गते प्रतिनिधि छनौट गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ । जिल्ला अधिवेशन मूल व्यवस्थापन समितिका संयोजक एव्म पार्टी उपाध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षता तथा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड समेत तोकेको छ ।
मादपण्ड अनुसार २० जना बराबर १ जना हुने गरी ३३ प्रतिशत महिला, २० प्रतिशत युवा (४० बर्षमुनी), १० जना बराबर १ जना दलित अनिवार्य गर्ने गरी प्रतिनिधि छनौट गर्ने गरी तोकिएको छ । बैठकलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अधिवेशन सम्पन्न गर्नका लागि सबै एकजुट भएर लाग्न आग्रह गरे ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य हिराध्वज शाह, राजेन्द्र पाण्डे सहित जिल्ला कमिटिका सदस्य तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको उपसचिव उपसचिव टंक पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया