बुटवल । पाल्पामा इभि गाडि र मोटरसाइकल ठोक्किदाँ २ जना घाइते भएका छन् ।
पाल्पाको तानसेन नगरपालिका ११ जोगीपानी स्थित गुल्मी पाल्पा सडक खण्डमा हार्थोकदेखि तानसेन तर्फ आउँदै गरेको लु.प्रदेश ०१००१ज००७१ न.को इभि गाडि र विपरित दिशाबाट जादैँ गरेको लु १७ प ८८६४ न.को मोटरसाइकल बुधबार बिहान एक आपसमा ठक्कर खाएका थिए ।
उक्त दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगाका ३८ वर्षीय मोटरसाइकलका चालक प्रकाश पाण्डे र उनकी ३१ वर्षीया श्रीमती कमला पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी सुनिल मल्लले बताए ।
घाइतेलाई उपचारको लागि मिसन अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि श्री एयरको हेलिकप्टर मार्फत ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको मल्लले बताए ।
प्रतिक्रिया