बुटवल । बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका हाजिरीजवाफ प्रतियोगितामा रूपन्देहीको मायादेवी गाउँपालिका प्रथम भएको छ ।
प्रतियोगितामा तिनाउ गाउँपालिका द्वितीय र सैनामैना नगरपालिका तृतीय भएका छन् । रूपन्देही र पाल्पाका गरी १० पालिकाको सहभागीता रहेको प्रतियोगितामा प्रथम हुने पालिकाले २५ हजार,द्वितीय हुनेले १५ हजार र तृतीय स्थान प्राप्त गर्ने पालिकाले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजयी प्रतियोगि तथा सहभागी पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्यालले पुरस्कार तथा प्रमाणपत्र बितरण गरिन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिको आयोजना भएको प्रतियोगिताको मंगलबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले उद्घाटन गरेकी हुन् । सो अवरमा बोल्दै उपप्रमम अर्यालले कर्मचारीको क्षमता विकासका लागि कार्यक्रम महत्वपूर्ण हुने बताइन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठले कर्मचारीहरुको भातृत्व विकास र सद्भाव कायम गर्न लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा गर्नु पर्ने बताए ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिकाका अध्यक्ष अनिलकुमार माण्डब्यको सभापतित्व र नगर उपप्रमुख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्याल, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संयोजक ठगिश्वर पोखरेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको एशोसिएशनका सचिव सचिव रेश्मिराज घिमिरेले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले फागुन ३ गते स्थापना दिवस मुल समारोह आयोजना गरेको छ ।
प्रतिक्रिया