बुटवल । बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्स भित्रको भ्यु सिनेमा अब नयाँ व्यवस्थापनका साथ संचालनमा आउने भएको छ । नयाँ व्यवस्थापनसहित “फ्रेण्ड्स सिनेमाज” को नामले संचालनमा आएको सिनेमाहलले बिभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
२११ सीट क्षमतायुक्त अत्याधुनिक हलले दर्शकहरूका लागि विशेष अफरहरू ल्याएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ । नयाँ व्यवस्थापनले कुनै पनि फिल्मको एउटा टिकट खरिद गर्दा एउटा पपकर्न, ३ वटा टिकट खरिद गर्दा एउटा बकेट पपकर्न तथा ५ वटा टिकट खरिद गर्दा दुइटा बकेट पपकर्न निःशुल्क पाउने अफर सार्वजनिक गरेको हो । सिनेमाजले तातो अफर अन्तर्गत २९ फागुन सम्मका लागि १०० रुपैयाँमा कफीको मज्जा लिन पाउने बिज्ञप्तिमा जनाइएको छ ।
फ्रेण्ड्स सिनेमाजले उत्कृष्ट सेवा र आधुनिक प्रविधिको सहायताले प्रत्येक दर्शकलाई अविस्मरणीय सिनेमा अनुभव प्रदान गर्दै बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया