ताजा अपडेट »

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

सोमबार, २८ माघ २०८१, १८ : ५४
42 Shares
सोमबार, २८ माघ २०८१
42 Shares

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ । सोमबार तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरि १० औँ अधिवेशन तथा उद्यमी भेलाबाट निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सबै उद्योगी व्यवसायीहरुलाई समान रुपमा हेर्ने बताए । साथै नगरप्रमुख खाँणले उद्योगी व्यवसायीहरुको संरक्षणका लागि नगरको स्रोतले सक्दो सहयोग गर्ने बताए ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका नवनिर्वाचित टंकनाथ अधिकारीले आफु निरन्तर रुपमा उद्योगिहरुको हक र हितमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । साथै नवनिर्वाचित अध्यक्ष अधिकारीले ३ वर्षे कार्यकालमा तिलोत्तमा नगरपालिका क्षेत्र भित्रमा कार्यालय भवन बनाउने बताए ।  

222

पदस्थापन कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठक, उद्योग परिसंघका लुम्बिनी अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्ले, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, लुम्बिनी इर्टा व्यवसायी महासंघ अध्यक्ष अजयकुमार गुप्ता, ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको माघ १० गते सम्पन्न १० औँ अधिवेशनले टंकनाथ अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको थियो । जसको वरिष्ठ उपाध्यक्षमा देवानन्द पाण्डे, उपाध्यक्षमा  दिपक खनाल र प्रेमबहादुर खड्का, महासचिवमा ठानेश्वर चापागाई, कोषाध्यक्षमा कमल ज्ञावली र सचिवमा महादेव अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीले बताए ।

यस्तै सदस्यमा ऋषिराम भण्डारी, पुजा ढुङ्गाना, सुरजप्रसाद न्यौपाने र ऋषिराम आले चयन भएका छन् ।

महासंघको महिला उद्यमी समितिको अध्यक्षमा सुलोचना नेपाल सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिकारीले बताए । वरिष्ठ उपाध्यक्षमा राधा तिमिल्सीना, उपाध्यक्षमा  सिता क्षेत्री, महासचिवमा सिता भुसाल र कोषाध्यक्षमा अरुण राना चयन भएका थिए । यस्तै समितिको सदस्यमा माया सुवेदी र ओवि गैरे चयन भएका थिए । 

333

पदस्थापना कार्यक्रम अध्यक्ष धुवकुमार धितालको स्वागत मन्तव्य र महासचिव देवानन्द पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।