ताजा अपडेट »

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

सोमबार, २८ माघ २०८१, १७ : ३९
34 Shares
सोमबार, २८ माघ २०८१
34 Shares

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले राससलाई जानकारी दिए । 

पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । श्रेष्ठलाई हराएपछि उनि चर्चामा अाएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।