ताजा अपडेट »

अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

सोमबार, २८ माघ २०८१, १७ : २५
16 Shares
सोमबार, २८ माघ २०८१
16 Shares

कैलाली । धनगढीमा सम्पन्न ‘अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट’ को उपाधि सिवाइसी अत्तरियाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो । 

उपाधिसँगै अत्तरियाले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले रु पाँच लाख पुरस्कार पायो ।  जितका लागि एक सय १९ रनको लक्ष्य पाए पनि डडेल्धुराले  ८४ रन मात्र बनायो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले १० रन बनाए ।

बलिङतर्फ अत्तरियाका लागि शाहव आलम र दिपेश कँडेलले तीन तीन तथा कमल गुप्ता र विवेक यादवले दुई दुई विकेट लिए । यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला   ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको क्षतिमा एक सय १८ रन बनायो । उसका लागि रासिद खानले ३१, कप्तान सन्तोष कार्कीले २० र शङ्कर रानाले २० रन बनाए ।

बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेल र अभिषेक चौहानले एक एक विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।