ताजा अपडेट »

अख्तियार आयोग थप जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सोमबार, २८ माघ २०८१, १६ : ५९
14 Shares
सोमबार, २८ माघ २०८१
14 Shares

काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताएका छन् । दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उनले बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताए । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो । 

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताए । अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उनले यि विषयमा छलफल हुनुपर्ने बताए । 

“समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ”, प्रदेश प्रमुख जोशीले भने । राज्यका नियमनकारी निकाय बलियाे हुनुपर्नेमा उनको जोड थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।