ताजा अपडेट »

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता :  डडेल्धुरा र अत्तरिया भिड्दै

सोमबार, २८ माघ २०८१, १० : ४९
28 Shares
सोमबार, २८ माघ २०८१
28 Shares

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको   फाइनल खेल आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन् ।

न्यू होराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेको हो भने  डिसिए धनगढीलाई  पराजित गर्दै अत्तरिया अन्तिम २ मा सुरक्षित भएको  हो । फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

डडेल्धुरामा कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारीलगायतका स्टार खेलाडी रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम जस्ता नामी खेलाडी आवद्ध छन् । नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् ।

 धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।