ताजा अपडेट »

मासु पकाई घरमा ल्याउन भनि १३ वर्षीया बालिकालाई बलात्कार, २ युवा पक्राउ

सोमबार, २८ माघ २०८१, ०८ : ३५
340 Shares
सोमबार, २८ माघ २०८१
340 Shares

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरीकाअनुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने उनलाई गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको प्रहरीले अनुसन्धानमा खुलेको छ ।

घटनाबारे पीडितकी दिदीले आइतबार साँझ मात्र प्रहरीलाई खबर गरेकी थिइन् । खबर गर्ने बितिकै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई एक युवकले जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा परेको थियो । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।