तिलक सुवेदी । जापान। म जापfन आएबाट त्यो रूखलाई हेर्दिन भने पनि दिनमा ५० देखि ६० पटक देख्छु । मनमनै अनेकौ कुरा खेलाउछु अनि मनमनै सोच्ने गर्छु यो रूखको आफ्नै विशेषता रहेछ । यो रूख त्यो वेला अर्थात् मैले देख्ने बेला हरियो पातले भरिएको थियो ।
म भन्दा पहिला जापfन आएका दाजुहरूले भन्ने गर्थे यस रूख सात रंगी हुन्छ अहिले हरियो छ । विस्तारै पहेलो, खैरोहुदै सात रंग हुन्छ भनेर मलाई पत्यार लाग्ने कुरा भएन लागोस पनि कसरी नेपालमा यस्तो रूख देखेको थिइन मैले । एकतिर सवै नयाँ । खाना नयाँ,बस्न नयाँ, सुत्न नयाँ काम नयाँ सवै सवै नयाँ अर्को तिर रूख पनि नयाँ ।यस्तो कुरा म कसरी पत्याउने फेरी नपत्याउ भने दाईहरूले भनेका अधिकांस कुरा मिलेको पनि छ ।
विस्तारै महिना फेर्दै गयो, रूखले पनि पात बदल्न थालो रूखको पात अर्कै रंगको भयो । मनले सोच्न थाल्यो होईन यो कुरा दाइहरूले भनेको ठिकै हो जस्तो । मनले सोचे पनि आर्को मनले घमण्डी देखाउदै थियो रूखको पात सुकेको होला हामी नयाँ जापन आएकालाई बेकुफ बनाएका छन् । यस्तै,मन दोधारमा थियो ।विस्तारै रूखले महिना पिच्छे रंग बदल्दै गयो यस रूखको महिमा पनि चुलिदै गयो ।
एउटा रूखमा सात रंग जस्तो देखिन थाल्यो दिनकै हजारै मान्छेको भिड लाग्न फोटो खिचाउने जाने ढोक्क दिने जस्ता कार्य हुदै गयो । यस्तै चल्दै थियो केही दिन अव विस्तारै रूखको हांगाबाट पातको बिदाइ सुरू हुन लाग्यो त्यस रूखको महिमा पनि घट्दै गयो । त्यो रूख हेर्न आउने पर्यटककोहरूको संख्या लुडो खेल जस्तै ९९ बाट शुन्यमा आयो । जव सवै ति रंगिचंगी पातहरू झरेर रूख शुन्यमा आयो हेर्ने फोटो खिच्ने अनि तेही रूखलाई देखाएर आफ्नो जिवनस्थर उकासने सवै क्षिणभरमै हराए ।
रूख संग बाकी रह्यो केवल हांगा मात्र । जुन हांगाको त्यस बेला (रूख रंगिन भएको बेला) त्यसको कुनै महत्व थिएन । अहिले साथ दियो त त्यही हांगाले, आफु रंगिन दुनियाँमा हुदा रूखले पनि वस्ता थिएन ति हांगाको । मलाई यदि बोल्दो हो त यो रूख सोध्न मन थियो हिजो तेरो साथमा अझै भनौ ज्यानमा कपडा जस्तै बनेका लागेका ति सुकिला मुकिला कहाँ गए ? कहिल्यै साथ नछोड्लान झै गरी टासिएका अहिले कहाँ छन् ? यस्तै अनेकौ प्रश्न गर्ने थिए ।
हुन प्रश्न पनि के गरौँ,त नाङ्गी सकेको छस तेरो साथका कोही छैनन । आज तेरो साथमा हिजो त देखेर रमाउने पनि छैनन तलाइ देखाएर कमाउने पनि छैन तेरो साथमा छ त केवल कहिल्यै तैले नचिनेका अनि जिवन्त साथ दिने ति हाँगा मात्र ।
त्यसैले त्यो प्राकृतिकले दिएको रूख जस्तै हाम्रो पद र जिम्वेवारी पनि त्यस रूख जस्तै हो । रूखले बेलैमा हाँगाको महत्व नबुझ्दा आफ्नै महत्व सकिन्छ पदमा पुग्दा नजिको मान्छे नचिन्दा राजनिति पनि सकिन्छ । रूखले हाँगाको महत्व बुझेर साथैमा राखे आर्को वर्ष पालुवा पलाएर उस्तै महत्वमा पुराउछ र राजनितिज्ञले पनि आफ्ना मान्छे चिने फेरी पलाउन सकिएला नत्र सकिनु बाहेक केहि हुदैन ।
प्रतिक्रिया