ताजा अपडेट »

एक घरमा प्रहरीको छापा : अनलाइन सट्टेबाजी गराउने २३ जना प्रहरी नियन्त्रणमा

सोमबार, २८ माघ २०८१, ०७ : ५५
150 Shares
सोमबार, २८ माघ २०८१
150 Shares

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ३ स्थित एक घरमा काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले छापा मारेको छ। 

आइतबार साँझ अवैध अनलाइन जुवा, सट्टेबाजी लगायतका गतिविधि भइरहेको स्थानमा परिसरको टोलीले छापा मारेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

उक्त घरमा अनलाइन जुवा खेलाउने तथा सट्टेबाजी गराएको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। यस्तै ८८ वटा मोवाइल र १० वटा ल्यापटप बरामद गरेको छ। काठमाडौँका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीसहितको टोलीले छापा मारेर अहिले मुचुल्का लगायतका कार्य गरिरहेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।