ताजा अपडेट »

चलचित्र क्षेत्रका लागि खुसीकाे खबर, बनेपामा  फिल्म स्टुडियाे बनाउन विकास बोर्ड द्वारा ठेक्का आब्हान

आइतबार, २७ माघ २०८१, २२ : २३
32 Shares
आइतबार, २७ माघ २०८१
32 Shares

काठमाडाैँ ।चलचित्र विकास बोर्डले बनेपामा फिल्म स्टुडियो बनाउन ठेक्का आह्वान गरेको छ। आइतबार सूचना निकाल्दै बोर्डले ‘इन्डोर सुटिङ स्टुडियो’ बनाउन इच्छुक कम्पनीलाई आवेदन दिन आग्रह गरेको छ।

कम्पनीहरुले ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सुचनामा जनाइएकाे छ । देशकै ठूलो इन्डोर छायांकन स्टुडियोको २ महिनाभित्रै शिलान्यास गर्ने लक्ष्य राखेको समेत बोर्डले जनाएको छ।यसअघि निजी क्षेत्रसँग केही स्टुडियो भएपनि फिल्म क्षेत्रको भने आफ्नै स्टुडियो निर्माण हुन सकेको छैन। यस परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङ स्थल प्रदान गर्ने बोर्डको आशा रहेकाे छ।

बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने भनिएको यस स्टुडियो केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन हुन सकेको थिएन। बोर्डमा अध्यक्षका रूपमा दिनेश डीसी आएसंगै उनकै सक्रियतामा स्टुडियो निर्माणको काम अघि बढेको हो।

गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण लागत ३९ करोड रुपैयाँ  छुट्याइएकाे छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।