बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको शैक्षिक उन्नयनका लागि दुई छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।
कूल बजेटको २६ प्रतिशत शिक्षाक्षेत्रमा छुट्याएको उपमहानगरपालिकाले नगर शिक्षा योजना कार्यदल र स्थानीय पाठ्यक्रम संशोधन कार्यदल गठन गरेको हो ।
नगर शिक्षा योजना कार्यदलको संयोजकमा भोजबहादुर केसीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको छ ।
कार्यदलको सदस्यहरूमा थानेश्वर अर्याल,आनन्दमान सिं शाक्य, बासुदेव अर्याल, गोविन्द ज्ञवाली, दिनेश भुसाल रहेका छन भने कार्यदलको सदस्य सचिवमा बुटवल उपमहानगरपालिका शिक्षा शाखाका उपनिर्देशक टिकाराम पन्थी रहेका छन् ।
त्यस्तै ज्ञानोदय माविका प्रधानाध्यापक टिकराम शर्मा पौडेलको संयोजकत्वमा स्थानीय पाठ्यक्रम संशोधन कार्यदल गठन भएको छ ।
कार्यदलको सदस्यहरूमा हरिप्रसाद रेग्मी, तारा ज्ञवाली, प्रेमबहादुर बस्नेत, मित्रहरी आचार्य, बिष्णु भुसाल र सदस्य सचिवमा शिक्षा शाखा उपनिर्देशक कमला चुदाली रहेका छन् ।
प्रतिक्रिया