ताजा अपडेट »
१० कराेड भ्यूज

चर्चित तथा ट्रेन्डिङ गायिका शान्ति श्री परियारका चर्चित दुई गीतलाई एक साथ १० करोड भ्यूज

आइतबार, २७ माघ २०८१, २१ : १३
180 Shares
आइतबार, २७ माघ २०८१
180 Shares

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रका लागि एकपछि अर्को सुखद खबर आइरहेका बेला पछिल्लो समयकी चर्चित तथा ट्रेन्डिङ गायिका शान्ति श्री परियारको सुमधुर स्वर रहेका चर्चित दुई गीतले एक साथ १० करोड भ्यूज पाएका छन् । यस वर्ष सार्वजनिक भएका धेरै गीतहरू युट्युबमा धेरै रुचाइए जसमा गायिका शान्ति श्री परियारका गीतले पनि कीर्तिमान नै रचेका छन्।

केही दिन पहिले शान्ति श्रीको स्वर रहेको चलचित्र ‘खुस्मा’ काे गीत ‘रुकुम मैकोट’ले छोटो समयमा १० करोड पटक हेरिने गीत बनेको थियो । शान्ति सहित एसडी योगीको स्वर रहेको यस गीतले सार्वजनिक भएको साढे पाँच महिनामै युट्युबमा १० करोड भ्युज पाएको हाे। 

Untitled-3

त्यस्तै, शनिबार मात्रै शान्ति श्रीकै बहुचर्चित अर्को गीत ‘अरेली काडैले’ पनि १० करोड भ्युज पाउने क्लबमा प्रवेश गरेको छ। डेढ वर्षअघि तीजको अवसरमा सार्वजनिक यस गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत र शान्ति श्रीको एकल स्वर छ।  लोकगीततर्फ १० करोड भ्युज पुग्ने शान्तिको यो पहिलो गीत हो। 

आफ्नो स्वर रहेका २ गीतले १० करोड भ्यु पाएपछि शान्तिले फेसबुकमा खुसी साटेकी छिन्।  ‘यो मेरो लागि निकै खुसीको कुरा हो। आदरणीय दर्शक श्रोताको अगाध माया पाएका कयौँ गीतहरूमा मेरो स्वर मिसिएका छन्। यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ। कर्म र भाग्यको संयोग कहीँ न कही राम्रै मिलेको छ जस्तो पनि लाग्छ,’ उनले लेखेकी छिन्। 

उनले आफ्नो गीतसँग जोडिएका व्यक्तिहरूलाई समेत धन्यावाद दिएकी छन्। साथै सकारात्मक ऊर्जाका साथ गीत-सङ्गीतमै निरन्तरता दिने सङ्कल्प रहेको  समेत उल्लेख गरेकी छन्।

शान्ति श्री रेकर्डिङदेखि मेला-महोत्सवमा निकै व्यस्त गायिकामा पर्छिन्। साङ्गीतिक करिअरमा सफलताकै कारण उनले हालसालै काठमाडौँमा नयाँ घरसमेत किनेकी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।