ताजा अपडेट »

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

आइतबार, २७ माघ २०८१, १६ : ४१
76 Shares
आइतबार, २७ माघ २०८१
76 Shares

तनहुँ। जिल्लाको व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ । घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते भएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो । 

    मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।