ताजा अपडेट »

सत्तासँग कुरा नमिल्दा अध्यक्ष पद नै गयो: रेशम चौधरी

आइतबार, २७ माघ २०८१, १६ : ३३
126 Shares
आइतबार, २७ माघ २०८१
126 Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टीले भव्यरुपमा महाधिवेशन गरेपनि स्वीकृत नभएकोमा असन्तुष्टि जनाएका छन् ।

उद्घाटन सत्रमा बोल्दै उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरे । नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने उनले उनले बाबुराम भट्टराईलाई सचेत गराएका छन् ।

उनले भने, ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक लाख ३९ हजार जनालाई भात खुवायौँ टीकापुरमा । नाउपाले महाधिवेशन ग¥यो । एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो । पाँच–पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिका लागि पुग्यौं’, उनले भने, ‘आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ । उहाँले पाँच महिना लाग्छ भन्यो । सत्तासँग कुरा मिलेन । चिल गाडीबाट ओर्लिदा नओर्लिदै मेरो अध्यक्ष पद त गइसकेछ छन् ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।