काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताए ।
उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैर्यता राख्नुपर्ने जिकिर गरे ।
उनले भने, ‘राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन । प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास चाहियो । काम नै गर्न सकेन् भन्ने बुझाइछ । खोई प्रधानमन्त्री बनाउन सकेको, खोई संसद्लाई नियन्त्रण गर्न सकेको, खोई कानुन बनाउन सकेको ? भन्ने प्रश्नहरु आउने गर्छन् । यसका लागि धैर्यता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीले धैर्यता राख्नुपर्छ, नेतृत्व वर्गमा पनि धैर्यता चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन ।’
प्रतिक्रिया