ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक पौने २ घण्टा ढिलो गरी सुरु

आइतबार, २७ माघ २०८१, १५ : २३
22 Shares
आइतबार, २७ माघ २०८१
22 Shares

 


काठमाडौं । निर्धारित समयभन्दा पौने २ घण्टापछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक पौने ३ बजे सुरु भएको हो ।

बैठकअघि सभामुख देवराज घिमिरेले शीर्ष दलका सचेतकसँगको छलफल गरेका थिए । उक्त बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक धकेलिएको हो ।

बैठकमा अहिले आकस्मिक समयमा सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरले समसामयिक विषमया धारणा राखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।