ताजा अपडेट »

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

आइतबार, २७ माघ २०८१, १४ : ५४
20 Shares
आइतबार, २७ माघ २०८१
20 Shares

म्याग्दी । यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरिन् ।  यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताइन् । 

त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर  घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई लाख आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी रु एक सय २५ का दरले बिक्री गर्दै आएका छन् । “गत वर्ष रु एक सय २५ मा बिक्री गर्याैँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ”, घिमिरेले भने । 

उनिहरु जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् । विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए । 

एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो रु ७५ देखि रु एक सय सम्ममा बिक्री हुने उनको भनाइ छ । म्याग्दीमा प्रतिकिलो रु एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा रु एकसय ६०, चितवनमा रु एक सय ९० र काठमाडौंमा दुईसयमा बिक्री गर्ने गरेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।