ताजा अपडेट »

भूतपूर्व सैनिक कल्याण क्लबले  वार्षिकोत्सव अवसरमा विभिन्न खेलकुद कार्यक्रम गर्ने

आइतबार, २७ माघ २०८१, १४ : ०३
156 Shares
आइतबार, २७ माघ २०८१
156 Shares

बुटवल । भूतपूर्व सैनिक कल्याण क्लबले आफ्नो ३८ औँ वार्षिकोत्सव उत्वसवको अवसरमा विभिन्न खेलकुद गर्ने भएको छ । वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा क्लबले पुरुष बास्केटबल, भलिबल र डबल व्याटमिन्टन प्रतियोगिता गर्न लागेको अध्यक्ष होमबहादुर पुनले बताए । 

यस्तै प्रतियोगितामा प्रथमहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान समेत गरिने अध्यक्ष पुनले बताए । उनका अनुसार प्रतियोगितामा ३ हजारदेखि २० हजारसम्म नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।

भूतपूर्व सैनिक कल्याण क्लबले आफ्नो ३८ औँ वार्षिकोत्सव तथा साधारणसभा यही फागुन ३ गते गर्ने मिति तय भएको छ ।

वार्षिकोत्सवको बुटवल उपमहानगरपालिका वडा ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गर्ने क्लबका सचिब जेदबहादुर पुनले बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।