बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो स्थापनाको ६६ औं स्थापना दिवस विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउँदैछ ।
जस अन्तरगत आज बिहान दिवसको शुभारम्भमा बीपी कोईराला स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बुटवल ७ सिध्देश्वर मैदानमा बुटवलका जनप्रतिनिधि र राजनीतिक दल वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
आज बिहान सोहि अवसरमा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६६ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवल बिकासका कामसँगै रचनात्मक कार्यमा समेत अग्रपंक्तिमा रहेको र उक्त कार्यक्रम नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति अत्यन्तै क्रियाशील रहेको बताए ।
उनले उपमहानगरपालिका स्थापना दिवसको पुर्व सन्ध्यामा अन्य बिधालय स्तरका कार्यक्रम गर्न पहल गरिएकोमा वार्षिक परीक्षा लगायतका कारणले केही समयमा पछि हुने बताए । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्याल तथा नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका महासचिव सितु प्रसाद श्रेष्ठ लगायतको उपस्थिति थियो ।
कार्यक्रम संचालन एशोसिएसनका सचिव रेश्मीराज घिमिरेले गरेका थिए। सोहि अवसरमा आज नै नन्दिनी गौशालामा पञ्चेबाजा बजाउने तालिमको समेत संचालन हुदैछ। आइतबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान तथा पुनर्मिलन कार्यक्रम राखिएको छ।
प्रतिक्रिया