ताजा अपडेट »

धनगढीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरी बलात्कृत

आइतबार, २७ माघ २०८१, १२ : ०६
94 Shares
आइतबार, २७ माघ २०८१
94 Shares

काठमाडौँ । कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले  बताए ।

बाजुराबाट अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।