ताजा अपडेट »

सुनको मूल्य १०० रुपैयाँ ले बढ्यो

आइतबार, २७ माघ २०८१, ११ : १५
46 Shares
आइतबार, २७ माघ २०८१
46 Shares

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ । 

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो । आइतबार भने तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । 

 यस्तै चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।