ताजा अपडेट »

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

आइतबार, २७ माघ २०८१, ११ : ११
42 Shares
आइतबार, २७ माघ २०८१
42 Shares

मुग्लिन  । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।  

दुर्घटनामा  खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।